सोमबार, ११ कार्तिक, २०८२

डडेलधुराको अमरगढी तथा डोटीको सिलगढीमा एमालेको सभा ओलीले गरे सम्बोधन।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १५ मंसिर, २०८०

डडेलधुराको अमरगढी तथा  डोटीको सिलगढीमा एमालेको सभा ओलीले गरे सम्बोधन।

काठमाडौँ।  नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ: समृद्धिको लागि संकल्प यात्राको दोस्रो दिन  आज  डडेलधुरामा तथा डोटीमा  एकैदिन आयोजना गरिएको आम सभालाई  एमाले  अध्यक्ष ओलीले  सम्बोधन गरेका छन् ।

 

           सबोधनका क्रममा उनले गठबन्धन रही राखे सम्हाल्नै नसक्ने गरी देशलाई बर्बादीमा लैजाने दाबी गरे । 'यो गठबन्धन कथं कदाचित टिक्यो भने पनि सम्हाल्नै नसक्ने गरी देशलाई बर्बादीमा लग्नेछ । २०८४ को चुनाबमा पनि एमालेको बहुमत आएन भने देश नै नरहने दाबि गर्दै कुनै पनि अवस्थामा 0८४ मा एमालेको सरकार बन्नुपर्ने धारणा राखेका छन्।  ।
साथै  उनले बर्तमान सरकारलाई  कसैले ढाल्न नपर्ने बरु आफै हल्लिरहेको बताए । 


नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ: समृद्धिको लागि संकल्प यात्रा  भन्दै १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान मंस्सिर १४ गते देखि अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन्डोत्तोलन गरेर अभियानको सुरुआत गरेका हुन्   ।अभियानको १९ औं दिन पुस २ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिने कार्यतालिका छ ।

 

अभियान टुंगाएर फर्किपछि पुस ५ गते काठमाडौंमा औपचारिकरूपमा यात्रा समापन भएका सूचना सम्प्रेषण गर्ने एमालेले जनाएको छ ।

advertisement_1676553908.gif