सोमबार, ११ कार्तिक, २०८२

एक क्विन्टल भनिएको तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्र।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ३० श्रावण, २०८०

एक क्विन्टल भनिएको तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्र।

काठमाडौँ। एक क्वीन्टल भनिएको तस्कर गरेर ल्याइएको सुन गालेर हेर्दा  सुनको तौल ६० किलो ७१६ ग्राम भेटिएको छ ।  तस्करले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामद गरिएको सुन मंगलबार गालिएपछिको तौल ६० किलो ७१६ ग्राम भएको हो ।

 

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले तस्करीको उक्त सुन सोमबार गालेर वास्तविक तौल निकाले पछी सुनको बास्तविक तौल जानकारी गरिएको हो । तौल सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महाशाखाका अधिकारीले उक्त जानकारी दिएका हुन् । सुनको गुणस्तर बारे भने अझै  ३ देखि ७ दिनसम्ममा पत्ता लाग्ने बताइएको छ ।

advertisement_1744958411.jpg