सोमबार, ११ कार्तिक, २०८२

एमालेको सिरहामा हुने भनिएकाे सचिवालय बैठक स्थगित।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ८ भाद्र, २०८०

एमालेको सिरहामा हुने भनिएकाे सचिवालय बैठक स्थगित।

काठमाडौँ। नेकपा एमालेले भोलिका लागि तय गरेको सचिवालय बैठकअन्तिममा  स्थगित भएको छ ।

भोलि सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको बताइएको छ ।

 

निरन्तर वर्षासँगै बाढीपहिरो आइरहेकोले बैठक स्थलमा जान कठिन भएकाले बैठक स्थगित गरेको बताइएको छ ।

अर्को बैठकको मिति भने तोकिएको छैन ।

 

मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको ऐतिहासिक स्थलमा एमालेको सचिवालय बैठक बस्ने तयारी थियो ।
 

advertisement_1676553908.gif