मंगलवार, १२ कार्तिक, २०८२

एमालेले लगायो स्थानीय तह उपनिर्वाचनका उम्मेदवारको टुंगो

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २४ कार्तिक, २०८१

एमालेले लगायो स्थानीय तह उपनिर्वाचनका उम्मेदवारको टुंगो

काठमाडौँ,  कार्तिक २४। नेकपा एमाले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

प्राप्त जानकारी अनुसार अनुसार कीर्तिपुरको प्रमुखमा डा. सुरेन्द्र मानन्धर, ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वास, नलगाड नगरपालिकाका उपप्रमुखमा सुनिता बोहोरा, स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्षमा सुलोचना कुमारी भण्डारी बोहोरा, सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा जाना शाही, गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा उमालुंगेली शेर्पा र पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन उम्मेदवार बन्ने भएका हुन् ।

शनिबार एमालेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन गर्ने विषयमा कुनै छलफल नभएको तथा  एमालेले सत्ता साझेदार दलसँग स्वच्छ प्रतिस्वर्धा गरेर एक्लै उनिर्वाचन लड्ने बताएका छन् ।

advertisement_1744958411.jpg