सोमबार, ११ कार्तिक, २०८२

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा ।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २० असार, २०८०

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा ।

 काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाललेआफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भनी दिएको अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको ठहर गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग्ने भएको छ ।

संसदीय दलको आज बसेको बैठकले प्रधानमन्त्रीको आपत्तिजनक र देशको सार्वभौमिकताविरोधी अभिव्यक्ति क्षमायोग्य नभएकाले राजीनामा माग्ने निर्णय भएको बताइएको छ। 

त्यस्तै आज राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् ।

advertisement_1676551537.gif