राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ३ पुष, २०८२
२०८२ पुष ०३, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सरकारले छोएको दिन देश ठप्प हुने बताएका छन् ।
आज अध्यक्षको शपथग्रहणपछि उनले आफूलाई झुटा मुद्दामा फसाउने प्रपञ्च भइरहेको भन्दै आफूलाई छोएको दिन देश ठप्प हुने र सरकार ढल्ने बताएका हुन् ।
उनले भने, ‘एमाले नेतृत्वमाथि भौतिक अनेक प्रकारको जालझेल भए, भौतिक आक्रमणको प्रयास, जाली झूटा मुद्दा लगाउने हल्ला मच्चाइएको छ । म भन्न चाहन्छु, एमाले नेतृत्वलाई छोएको दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढाल्नुपर्छ ।’
अध्यक्ष ओलीले संसारमा केही महँग छ भने त्यो एमालेलाई छुनु भन्ने पार्नुपर्ने नेता-कार्यकर्तालाई निर्देशन दिए । उनले यो सरकारले निर्वाचन होइन, षड्यन्त्रको तयारी गरिरहेको दाबी गरे । त्यसका लागि एक हप्ताभित्र टोलटोलमा सुरक्षा टोली बनाउन उनले निर्देशन दिए ।