सोमबार, ११ कार्तिक, २०८२

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १२ असार, २०८०

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित।

काठमाडौँ।प्रमुख विपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। 

जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्यांक कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध एमाले र रास्वपाले बिरोध गरेका हुन्। अवरोधपछि प्रतिनिधिसभाको  बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।\

उनीहरूले अर्थमन्त्रीले बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णयले निष्पक्ष निर्वाचनविरुद्ध सरकार रहेको देखिएको भन्दै रुलिङ माग गरेका थिए ।

advertisement_1676553908.gif