सोमबार, ११ कार्तिक, २०८२

एनसेल शेयर खरिद–बिक्री प्रकरण शङ्कास्पद भएको सत्ता गठबन्धनको निस्कर्ष।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १९ मंसिर, २०८०

एनसेल शेयर खरिद–बिक्री प्रकरण शङ्कास्पद भएको सत्ता गठबन्धनको निस्कर्ष।

काठमाडौँ।  एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष सत्ता गठबन्धनका  नेताहरूको बैठकले निकालेको छ ।

आज मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले  नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति बिना एनसेलको शेयर खरिद–बिक्रीको कुरा गम्भीर रहेको ठहर गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अुनकूल एनसेलकाे शेयर खरिद–बिक्री नभएको बताएका छन् । उनले शेयर खरिद–बिक्रीको कुरा शङ्कास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको बताएका छन् । 

advertisement_1676553851.gif