सोमबार, ११ कार्तिक, २०८२

एनसेलको सेयर खरिद बिक्री प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ मंसिर, २०८०

एनसेलको सेयर खरिद बिक्री प्रक्रिया  रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश।

काठमाण्डाै –  एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले  खरिद–बिक्री भएका एनसेलका शेयरहरू मङ्सिर २५ गते सोमवारसम्म दर्ता किताबमा दर्ता नगर्नू/नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई सोमवार छलफलका लागि बोलाएको  बताइएको छ ।

सरकारले एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा अध्ययन गर्न आजै ५ सदस्यीय उच्चस्तरीय समितिसमेत गठन गरेको थियो  ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हाे । समितिको सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन्  । समितिलाई ३० दिनको कार्यवधि दिइएको छ ।

advertisement_1676553851.gif