सोमबार, ११ कार्तिक, २०८२

एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ मंसिर, २०८०

एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न  प्रधानमन्त्रीको निर्देशन।

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए/नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न  सम्बन्धित निकायलाई निर्देशन दिएका छन्  ।

प्रधानमन्त्रीको सचिबालयका अनुसार एनसेलको शेयर खरिद–बिक्री हुँदा प्रचलित कानुनी प्रावधान तथा विधि र प्रक्रिया पालना भए/नभएकोबारे बुझ्न निर्देशन दिइएको बताइएको  छ  । 

मलेसियन कम्पनी 'आजियटा ग्रुप बर्हाड' ले गएकाे शुक्रवार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी 'स्पेक्ट्रलाइट युके लिमिटेड' लाई बेच्ने निर्णय गरेको थियो । नियामक निकायलाई समेत जानकारी नहुने गरी देश बाहिरबाट शेयर खरिद–बिक्री भएको भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि प्रश्न उठिरहेका छन् ।

advertisement_1680627706.gif