सोमबार, ११ कार्तिक, २०८२

गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै काठमाडौँमा मसाल जुलुस।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ५ श्रावण, २०८०

गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै काठमाडौँमा  मसाल जुलुस।

काठमाडौँ। सुन तस्करीमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने मागसहित एमाले निकट युवा संघले मसाल जुलुस प्रदर्शन गरेको छ। काठमाडौँ को  नयाँ बानेश्वरमा आयोजित मसाल जुलुस प्रदर्शनमा युवाहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् ।

विमानस्थलबाट सुन तस्करी भइरहेको भन्दै नैतिकताको आधारमा गृहमन्त्री  राजीनामा माग गर्दै उनीहरूले गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।संघले बुधबार बरामद भएको करिब एक क्वीन्टल अवैध सुन तस्करीमा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो ।

उनीहरुले गृहमन्त्रीको राजीनामा माग्दै ‘सुन तस्करलाई फाँसी दे’, ‘सुनको रह्यो ब्रेक सु, तस्करीमा गृहमन्त्रीकै ब्रेक थ्रु’, ‘सेटिङमा सरकारको लस्कर, बिगबिगी सुन तस्कर’ जस्ता नारा लगाएका थिए ।

 

advertisement_1676998982.gif