सोमबार, ११ कार्तिक, २०८२

गणतन्त्रपक्षधर नेताहरूको एउटै मञ्च बाट आव्हान : गणतन्त्रको विकल्प गणतन्त्र।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १७ पुष, २०८०

गणतन्त्रपक्षधर  नेताहरूको  एउटै मञ्च बाट आव्हान :  गणतन्त्रको विकल्प गणतन्त्र।

काठमाडौँ। राजतन्त्र समर्थकहरुले आन्दोलनको योजना बनाउदै विभिन्न कार्यक्रम गरिरहेका बेला  नेपालमा गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्ने पार्टीका प्रमुख नेताहरुले सोमबार गणतन्त्र रक्षाका लागि एकताबद्ध हुने प्रतिबद्धता जनाएका छन् । बिचारमा फरक फरक धारणा भएतापनि सत्तारुढ र प्रतिपक्ष दलका नेताहरूले प्रणालीमा देखा पर्ने खतराहरू विरुद्ध एकजुट हुन मतभेदलाई पन्छाएर अघि बढ्ने बताएका छन् । मेलमिलाप दिवसको अवसरमा राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष खुला अन्तरक्रियामा उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प गणतन्त्र नै  भएको दाबी गरेका छन् ।

 

नेपाली कांग्रेसका संस्थापक तथा प्रथम निर्वाचित प्रधानमन्त्री बि पी कोइरालाको निर्वासनबाट मेलमिलापको नीति लिएर फर्केकोबाट प्रेरणा लिएर नेताहरुले गणतन्त्र रक्षाको साझा आधारको घोषणा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दू राष्ट्रका लागि राष्ट्रव्यापी प्रदर्शन गर्ने घोषणा गरेको प्रतिक्रियामा प्रमुख राजनीतिक दलका नेताहरूले गणतन्त्रको पक्षमा एकताबद्ध हुन गणतन्त्रपक्षधर लाइ आवहान गरेका  छन्   ।

 

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा संयुक्त समाजवादीका अध्यक्ष माधवकुमार नेपालजस्ता प्रमुख व्यक्तित्वहरू उभिएका थिए । सोमबार नेपालि कांग्रेसले आयोजना गरेको मेलमिलाप दिवस विशेष खुला अन्तरक्रियामा एउटै मञ्चमा बोल्दै एस्तो प्रतिबद्ता ब्यक्त गरेका हुन्। 

 

advertisement_1680627706.gif