शनिबार, ३० फाल्गुन, २०८२

जाँचबुझ आयोगले ओली र लेखकलाई अर्को हप्ता बयानमा बोलाउने

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २ पुष, २०८२

जाँचबुझ आयोगले ओली र लेखकलाई अर्को हप्ता बयानमा बोलाउने

२०८२ पुष ०२, काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहसँग सम्बन्धित घटना जाँचबुझका लागि गठन भएको आयोगले अर्को साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अर्को साता बयानका लागि बोलाउने तयारी गरेको छ ।

आयोगको म्याद थपका लागि प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्न गएको आयोगको टोलीले अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने तयारी गरिएको जानकारी दिएको हो ।

अध्यक्ष कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलगायत राजनीतिक दलका नेताहरूलाई बयानमा बोलाउने तयारी भएको बताए । अध्यक्ष कार्कीले भने, “बयान सबै भइराखेको छ । तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत अर्को हप्ता बयानका लागि बोलाउने तयारी छ ।”

सञ्चारकर्मीले ओली र लेखक बयानका लागि नआए के हुने हो भनी प्रश्न गर्दा अध्यक्ष कार्कीले भने, “पछिको कुरा पछि नै हुन्छ ।” आयाेगका प्रवक्ता विज्ञानराज शर्माले पनि ओली र लेखक बयान दिन बयान दिन छिट्टै आउने बताए । उनले सञ्चारकर्मीहरुलाई भने, उहाँहरु बयान दिन छिट्टै आउँछन्, ढुक्क पर्नुहोस् ।’

भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु भएको थियो भने दुई हजारभन्दा धेरै घाइते भएका थिए । अन्तरिम सरकारले जेन–जी आन्दोलनको क्रममा ठूलो धनजनको क्षति भएको भन्दै अनुसन्धानगरी दोषी उपर कारबाही गर्ने कार्यादेशसहित कार्की नेतृत्वको सो उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

advertisement_1676551694.gif