शनिबार, ३० फाल्गुन, २०८२

जेनजी सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ५ पुष, २०८२

जेनजी सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल

२०८२ पुष ०५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका सहिद परिवारसँग छलफल गरेका छन् ।

शनिबार काठमाडौँ आए लगत्तै बबरमहलस्थित जेन जेड सहिद परिवार कल्याणकारी संस्थाको कार्यालयमा पुगेर उनले छलफल गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग उनले जेन जेड आन्दोलनका क्रममा युवाको हत्या गरिएको भन्दै सहिद परिवारको न्यायका निम्ति लड्ने र जेन जेड सहिद परिवारको मागलाई पूरा गर्न रास्वपा र आफ्नो ऐक्यबद्धता रहने बताए ।

advertisement_1676553908.gif