सोमबार, ११ कार्तिक, २०८२

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १७ मंसिर, २०८०

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता।

काठमाडौँ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई  प्रधानमन्त्री पुष्पकमल दाहालआज  स्वदेश फर्किएका छन् । उनको  स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मन्त्रिपरिषद्का सदस्यहरु , सांसदहरु, निजामती तथा जंगी सेवाका वरिष्ठ अधिकारीहरु लगाएतको  उपस्थित थियो  ।

यही मंसिर १४ गतेदेखि कोप–२८ दुबईमा सुरु भएको थियो।  प्रधानमन्त्री दाहाल मंसिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी भएका थिए । साथै उनले मंसिर १६ गते शनिबार उक्त सम्मेलनलाई सम्बोधन गरेका थिए ।

advertisement_1676553851.gif