सोमबार, ११ कार्तिक, २०८२

कांग्रेस कार्यकर्ताले रुखबाहेक अरु चिन्हमा भोट हाल्न नपर्ने प्रतिबद्धता हुनुपर्ने : महामन्त्री गगन कुमार थापा

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ३० मंसिर, २०८०

कांग्रेस कार्यकर्ताले रुखबाहेक अरु चिन्हमा भोट हाल्न नपर्ने  प्रतिबद्धता  हुनुपर्ने : महामन्त्री गगन कुमार थापा

पाल्पा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अब उप्रान्त कांग्रेस कार्यकर्ताले रुखबाहेक अरु चिन्हमा

भोट हाल्न नपर्ने  प्रतिबद्धता  हुनुपर्ने बताएका छन् ।साथै उनले प्रधानमन्त्रीले काम गर्न नसके हटाउन सक्छौं भनेर कांग्रेसले भन्न सक्नुपर्ने बिचार ब्यक्त गरेका  छन्। 

आज नेपाली कांग्रेस पाल्पा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस गठबन्धन गरेर चुनावमा जाँदा कमजोर भएको बताएका हुन् ।

 थापाले सम्बोधनका क्रममा कांग्रेसले आफ्ना  मतदातालाई रुखमा होइन हसिया हथौडा,कलम तथा  ,साइकलमा भोट हाल्न लगाउदा आफुले फरक मत राखे पनि त्यसको कुनै अर्थ लागेन भन्दैउनले भने   म गठबन्धनमा रहेका साथीहरुलाई पनि केही दोष दिन्न,किनकी हामीले निर्णय गरेको हो । तर अब महामीले भन्नुपर्छ,जे भयो भयो जितिने लोभ र हारिने डरले रुखबाहेक अरु चिन्हमा छाप लाउने अपराध अब गर्ने छैनौं भनेर डिक्लियर गनुपर्छ ।

advertisement_1676551694.gif