शनिबार, ३० फाल्गुन, २०८२

कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २९ मंसिर, २०८२

कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ मंसिर २८, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ का निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चालिसेविरुद्ध दायर मुद्दामा तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बिगो मागदाबी गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

उनी गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर तथा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित व्यक्ति हुन् ।

advertisement_1676551694.gif