राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १४ फाल्गुन, २०८२
२०८२ फागुन १४, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । बुधबार राति सिंगापुर एयरलाइन्सको उडानबा देउवा सिंगापुर प्रस्थान गरेका हुन् ।
गएराति ११ः३० बजे देउवा सिंगापुर प्रस्थान गरेको बताइएको छ । चुनावको मुखमै देउवा एक्लै सिंगापुर प्रस्थान गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
उनी स्वास्थ्य उपचारको लागि सिंगापुर गएको देउवा निकट स्रोतले जानकारी दिएको छ ।