सोमबार, ११ कार्तिक, २०८२

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखसँग गरे छलफल

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ४ माघ, २०८०

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखसँग गरे छलफल

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख बोलाएर मुलुकको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।

बिहीबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक बोलाएर खड्काले छलफल गरेका हुन् ।

रक्षामन्त्रीसमेत रहेका खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका हुन्।

कार्यवाहक प्रधानमन्त्री खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले देशको समग्र शान्ति सुरक्षाको स्थिति सामान्य भए तापनि विभिन्न तरिकाले सञ्चालित गतिविधिलाई ध्यानमा राखी शान्ति सुरक्षा कायम गर्ने कुरामा विशेष ध्यान दिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए।

advertisement_1676551646.gif