सोमबार, ११ कार्तिक, २०८२

काठमाडौंको तीनकुनेमा मसाल जुलुस प्रदर्शन।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ५ मंसिर, २०८०

काठमाडौंको तीनकुनेमा मसाल जुलुस प्रदर्शन।

काठमाडौँ। नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंको तीनकुनेमा मसाल जुलुस प्रदर्शन गरेको  छ । राष्ट्रिय युवा संघले मंसिर ७ गते गर्न लागेको बृहत् प्रदर्शनको दुइ दिन अगाडी   मसाल जुलुस निकालेको हो ।

 

मसाल जुलुसमा सहभागीहरूले सरकारको बिरुद्धमा  नारा लगाएका थिए ।मसाल जुलुस प्रदर्शनका कारण केहीबेर त्यस  क्षेत्रमा यातायात अवरुद्ध भएको थियो । युवा संघले मंसिर ७ गते माइतिघरमा प्रदर्शन गर्ने भने पनि सरकारले माइतिघर देखि नया बानेश्वर सम्म  निषेधित क्षेत्र घोषणा गरेपछि  तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

 

त्यसअघि प्रदर्शनीको तयारीका लागि युवा  संघले आजको  भेला आयोजना गरेको थियो । भेलामा संघका पूर्वअध्यक्ष तथा एमाले नेता  महेश बस्नेतले प्रदर्शनलाई भब्य र शसक्त बनाउन युवाहरुलाई निर्देशन  निर्देशन दिएका थिए ।


 

advertisement_1676553908.gif