सोमबार, ११ कार्तिक, २०८२

कक्षा १२ को नतिजा आज सार्वजनिक हुदै।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ३० श्रावण, २०८०

कक्षा १२ को नतिजा  आज सार्वजनिक हुदै।

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गर्न  बोर्डको बैठक बस्दै  छ ।

 

बोर्डले आजै साँझ नतिजा सार्वजनिक गर्ने जनाएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्न  लागेको हो ।


कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ ।त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।
 

advertisement_1676553851.gif