सोमबार, ११ कार्तिक, २०८२

ललिता निवास प्रकरणका अभियुक्तहरुलाई सात दिन थुनामा राख्न अनुमति।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १३ असार, २०८०

ललिता निवास प्रकरणका अभियुक्तहरुलाई  सात दिन थुनामा राख्न अनुमति।

काठमाडौँ। ललिता निवास प्रकरणमा पक्राउ परेका हरुलाई जिल्ला अदालत काठमाडौंले थप सात दिन थुनामा राख्न अनुमति दिएको छ । पक्राउ परेका चारै जनाको सात दिन म्याद थप गर्न न्यायाधीश बासुदेव पौडेलको इजलासले  अनुमति दिएको हो ।

 प्रतिवादीका तर्फबाट आज भएको बहसमा   रमण श्रेष्ठ, सुशील पन्त लगायतका  वकिलहरुले बहस गरेका थिए । उनीहरुले पक्राउ परेकामध्ये तीन जना सर्वोच्चको स्टे अर्डरका आधारमा छुटेको हुँदा अरुको हलमा पनि यही लागू हुनुपर्ने माग गरेका थिए  । बहसमा थुनाबाहिरै राखेर अनुसन्धान होस भनि माग राखेका थिए  ।

तर, न्यायाधीशले वकिल को माग लाइ अस्विकार गर्दै  ४ जनासँग सर्वोच्चको निषेधाज्ञा नभएकाले मुद्दाको अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न अनुमति दिइएको उनले बताए ।

प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई मंगलबार बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पक्राउ गरेको थियो ।

advertisement_1676551694.gif