सोमबार, ११ कार्तिक, २०८२

ललितपुरमा पनि निषेधित क्षेत्र तोकियो , निषेधित क्षेत्रमा ६ महिना सम्म पाँचजनाभन्दा बढी भेला हुन नपाइने।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ५ मंसिर, २०८०

ललितपुरमा पनि निषेधित क्षेत्र तोकियो , निषेधित क्षेत्रमा ६ महिना सम्म पाँचजनाभन्दा बढी भेला हुन नपाइने।

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय ललितपुरले मन्त्री निवास आसपास निषेधज्ञा जारी गरेको छ। ललितपुरका सिडिओ रुद्रप्रसाद पण्डितले पण्डितले जारी गरेको आदेशमा मन्त्री निवास आसपासका क्षेत्रमा ६ महिनाका लागि निषेधज्ञा जारी गरेको  उल्लेख गरिएको छ । 

जारि आदेश अनुसार पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिमतर्फ राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय र युएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवं राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र भित्र निषेधज्ञा जारी गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम मंगलबारदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेशमा बताइएको  छ। 

advertisement_1680627706.gif