राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २३ मंसिर, २०८२
मंसिर २२, २०८२ काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारसंग जनमत संग्रहको माग गरेका छन्। प्रसाईंलेआज प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जनमत संग्रहको माग गरेका हुन्।'राजसंस्था पुनःस्थापनाका लागि हामीले जनमत संग्रह गर्न माग गरेका छौं।प्रधानमन्त्रीज्युले त्यस विषयमा पुस २ गते निर्णय सुनाउने भन्नुभएको छ,' प्रसाईंले संचारकर्मिहरुलाई प्रधानमन्त्री संगको भेटका बिषयमा भने।उनले प्रधानमन्त्री कार्कीले आफ्ना मागरुका बारेमा सम्बोशाना गर्न नसके देशमा चुनाव नहुने बताए।
साथै प्रसाईंले ०६२-६३ को जनआन्दोलनको म्यान्डेट संघीयता र धर्मनिरपेक्षता नरहेको बताउँदै सबैको सहमतिमा जनमत संग्रहमा जानुपर्ने बताए।प्रधानमन्त्रीसंगको भेटमा प्रसाईंले प्रधानमन्त्री कार्कीलाई दूर्गाको मूर्ति उपहार दिएका थिए।