सोमबार, ११ कार्तिक, २०८२

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १७ मंसिर, २०८०

माघ ११ गते हुने  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि  निर्वाचन कार्यक्रम स्वीकृत।

काठमाडौँ। निर्वाचन आयोगबाट आगामी माघ ११ गते हुने  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको छ। स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै  पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ भने  मनोनयन दर्ताको समय बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म रहने निर्वाचन आयोगले  जनाएको छ।

उम्मेदवारको विरोधमा उजुरी दिने समय पुस २४ गतेलाइ  तोकिएको छ भने पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह उपलब्ध गराउने निर्वाचन आयोगले जनाएको छ।माघ ११ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुनेछ। मतदान कार्यक्रम सम्पन्न भएपछि सोही दिनमै मतगणना हुनेछ।

advertisement_1680627706.gif