राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २७ मंसिर, २०८२
२०८२ मंसिर २६, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । आज ४ जना नयाँ मन्त्री थप्ने तयारी गरिएको स्रोतले जनाएको छ ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी प्रधानमन्त्री कार्कीले श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्रीमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने भएकी छन् । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुने बताइएको छ ।
हाल कार्की नेतृत्वको मन्त्रिपरिषद १० सदस्यीय रहेको छ । गत भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले त्यसपछि भदौ ३०, असोज ६ र कार्तिक ९ गते मन्त्रिपरिषदको विस्तार गरेकी थिइन् ।