शनिबार, ३० फाल्गुन, २०८२

मधेसको सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ५ पुष, २०८२

मधेसको सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता

२०८२ पुष ०५, काठमाडौं । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदको लागि दुई जना प्रदेश सभा सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारित गरिएको मनोनयन दर्ताको समयमा सत्तारुढ ७ दलिय गठबन्धनको तर्फबाट जसपा नेपालका रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

मधेस प्रदेशमा सात राजनीतिक दलबीच भएको सहमति अनुसार जसपाका यादवलाई सभामुखको लागि अगाडि बढाइएको हो ।

एमाले सांसद शारदा देवी थापाको प्रस्ताव र जयचन्द्र प्रसाद पटेलको समर्थनमा त्रिलोकी प्रसादको उम्मेदवारी दर्ता भएको हो । यादवले प्रस्तावक नेपाली कांग्रेसका सांसद बिरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद फकिरा महतो राखेर उम्मेदवारी दर्ता गराएका हुन् ।

मधेश प्रदेश सभामा भोलि सभामुख पदको लागि निर्वाचन हुँदैछ ।

advertisement_1772818633.jpg