शनिबार, ३० फाल्गुन, २०८२

मधेश प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ६ पुष, २०८२

मधेश प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन

२०८२ पुष ०६, काठमाडौं । मधेश प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।

आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।

सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा (एमाले)बाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका छन् ।

यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा सदस्य फकिरा महतो समर्थक रहेका छन् ।

त्रिलोकीको समर्थकमा जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदादेवी थापा छन् ।

advertisement_1676998982.gif