राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १६ मंसिर, २०८२
२०८२ मंसिर १५,काठमाडौँ । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन परमादेश दिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन परमादेश जारी गरेको हो ।
नेपाली कांग्रेस लगायतका दलहरुलाई थाहा नै नदिई होटेलमा पुगेर सपथ गरेपछि एमाले बिरुद्ध सात दलले बिरोध जनाइरेका छन् भने उनको नियुक्तिको बिरुद्धमा रिट परेको थियो ।