राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ४ पुष, २०८२
२०८२ पुष ०४, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सदनमा उपस्थित सबै सांसदको विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई सभामा उपस्थित सबै ९२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् ।
नेपाली कांग्रेस नेतृत्वको सातदलीय गठबन्धन घटक जसपा नेपाल, जनमत नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले यादवलाई विश्वासको मत दिए । यस्तै प्रमुख प्रतिपक्षी एमालेबाहेक सत्ता बाहिर रहेका एक–एक सिटको राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टी समेतले विश्वासको मत दिए ।
गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।