सोमबार, ११ कार्तिक, २०८२

नेकपा एमाले सचिव योगेश भट्टराई सवार गाडी तोडफोड।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १० मंसिर, २०८०

नेकपा एमाले सचिव योगेश भट्टराई सवार गाडी  तोडफोड।

नेकपा एमाले सचिव योगेश भट्टराई सवार गाडी ताप्लेजुङमा तोडफोड भएको छ ।

सचिब भट्टराई ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरि गाडीको सिसा फुटेको हो । 
आइतबार ताप्लेजुङमा नेकपा एमालेको चियापानको कार्यक्रम रहेको  थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई सवार गाडी प्रदेश २-०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले आक्रमण गरेका थिए। 

आइतबार दिउँसो भट्टराईको घरअगाडि पनि पहिचान पक्षधरले प्रदर्शन गरेका थिए ।

प्रदेश १ पुन नामांकन संयुत्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ । सोही समूहले भट्टराईको गाडीमा ढुंगा प्रहार गरेको हो ।

एमाले सचिव भट्टराईले प्रदेश नामकरणको विषयमा अहिले  प्रदेशसभा बाहिर विवाद गरेर काम छैन यो प्रदेश सभाले गर्ने  काम हो भनेर सम्झाउदा पनि आफु माथि आक्रमणमा उत्रिएकोमा दुख ब्यक्ता गरे। 

advertisement_1744958411.jpg