शनिबार, ३० फाल्गुन, २०८२

निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान, यस्तो छ दलहरूले पाएको चुनाव चिह्न

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २३ मंसिर, २०८२

निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान, यस्तो छ दलहरूले पाएको चुनाव चिह्न

२०८२ मंसिर २२, काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ ।

आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रुपमा चुनाव चिह्न प्रदान गरिएको छ ।

१२ राजनीतिक दलले संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएकाले संयुक्त चुनाव चिह्न प्रदान गरिएको हो। यस आधारमा आयोगले कूल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ । आयोगमा कूल १४३ राजनीतिक दल दर्ता कायम भएका छन्। निर्वाचनमा भाग लिने दलको संख्या ११४ छ । निर्वाचनका लागि १०७ चुनाव चिह्न प्रयोग हुनेछन् ।

Download the PDF
advertisement_1676551646.gif