शुक्रबार, ५ बैशाख, २०८२

पाल्पाका पदम प्रसाद पाण्डेय संघीय संसद्को महासचिवमा नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २३ माघ, २०८०

पाल्पाका  पदम प्रसाद पाण्डेय संघीय संसद्को महासचिवमा  नियुक्त

काठमाडौँ।  संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले  मंगलबार संघीय संसद्को महासचिवमा  उनलाई   नियुक्त गरेका हुन्। सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेको सिफारिसबमोजिम राष्ट्रपति पौडेलले संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालय बाट  जारी विज्ञप्तिमा  पाण्डेयलाई महासचिवमा  नियुक्त भएको बताइएको छ  । 'राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दिकोट गाउँपालिका- १, पाल्पा जिल्ला निवासी पद्मप्रसाद पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी संघीय संसद्को महासचिव पदमा नियुक्त गर्नुभएको छ,' विज्ञप्तिमा उल्लेख छ ।

पाण्डेयलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षले मंसिर २५ गते महासचिवमा सिफारिस गरेका थिए भने माघ ३ मा नियुक्तिका लागि राष्ट्रपतिकहाँ स्मरणपत्र पठाएका थिए ।

प्रतिनिधिसभा सचिवमा कार्यरत रहेका पाण्डेयले मंगलबारमात्रै पदबाट राजीनामा गरेका थिए । राजीनामा गरेपछि उनलाई संसद्को महासचिव नियुक्त गरिएको हो ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif