सोमबार, ११ कार्तिक, २०८२

एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २१ जेष्ठ, २०८०

एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने।

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजको प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको भन्दै एमालेले त्यसको बिरोध स्वरूप  संसद अवरुद्ध गर्न लागेको हो । 

साथै  एमालेले प्रधानमन्त्रीले भारत जादा काला पानि लिपुलेक लाइ अन्य जग्गा संग साटफेर गर्न सकिने बोलेकोमा तेस्को जवाफ माग्ने र तेस्तो अभिव्यक्तिको बिरोध गर्ने बताएको छ  ।’प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्ने गरी बोलाएपानी  निर्धारित समयमा बैठक सुरु हुन सकेको छैन ।

 

राष्ट्रपति पौडेलले १७ जेठमा नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । दुवै सदनले दुईपटक पारित गरेर पठाएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेकी थिइन् । मन्त्रिपपिरषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह सहितको पत्र राष्ट्रपतिलाई १२ जेठमा लेखेको थियो ।


त्यस्तै अर्को प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठक स्थगनको प्रस्ताव गरेको छ । राष्ट्रपतिले नीतिनियमविपरीत नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्रीको भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको भन्ने कुरा उठेको भन्दै  राप्रपाले त्यसमाथि छलफल नगरी बैठक सुरु हुन नदिने बताएको हो ।


 

advertisement_1676551537.gif