सोमबार, ११ कार्तिक, २०८२

प्रस्तावित प्रधानन्यायाधिश कार्कीको संसदीय सुनुवाई भोलि हुने ।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३१ जेष्ठ, २०८०

प्रस्तावित प्रधानन्यायाधिश कार्कीको  संसदीय सुनुवाई भोलि हुने  ।

काठमाडौँ। प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठकले  भोलि बिहान  प्रस्तावित प्रधानन्यायाधिश हरिकृष्ण कार्कीलाई बोलाइने निर्णय गरेको छ  । आज उजुरीकर्ताहरुसँग छलफलपछि भोलि कार्कीलाई बोलाउने निर्णय भएको हो ।

केहि समय उजुरीकर्ता हरुले विभिन्न माग राख्ने तथा संसदीय सुनुवाई समिति नै अबैध रहेको भन्दै अवरोध गरेका थिए। उनीहरु सामुहिक रुपमा छलफल गर्ने माग राखेका थिए।  सोहि माग बमोजिम आज २९ जना उजुरीकर्तामध्ये ७ जनालाई व्यक्तिगत र अरुलाई सामूहिक रुपमा छलफल गरिएको छ ।

आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएका छन् । उनलाई भोलिको बैठकले प्रधानन्यायाधिशमा अनुमोदन गर्ने बताइएकाे छ ।

advertisement_1676553908.gif