शनिबार, ३० फाल्गुन, २०८२

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २० मंसिर, २०८२

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

२०८२ मंसिर १९, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। आज अपराह्न ४ बजेका लागि प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक बोलाएकी हुन् ।

बैठकमा राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिलाई बोलाइएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । बैठक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्नेछ ।

छलफलमा कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा र राप्रपालाई बोलाइएको छ । छलफलमा आयोग र सुरक्षा निकाय पनि रहने छन्। प्रधानमन्त्रीले यस प्रकारको छलफल पहिलो पटक आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैन। राष्ट्रियसभाको निर्वाचना आगामी ११ माघमा हुँदै छ ।

निर्वाचनका लागि सुरक्षाको वातावरण प्रत्याभूत हुनुपर्ने विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्दै आएका छन्। यो विषयमा प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दलहरूसँग दलगत रूपमा समेत छलफल गरेकी थिइन् ।

advertisement_1680627706.gif