सोमबार, ११ कार्तिक, २०८२

प्रधानमन्त्री प्रचण्डले गल्ति स्वीकार गरे। भन्छन, म थोरै भावनामा आएँ, त्यो भाषा बोल्न हुदैनथ्यो।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २५ असार, २०८०

प्रधानमन्त्री प्रचण्डले गल्ति स्वीकार गरे। भन्छन, म थोरै भावनामा आएँ,  त्यो भाषा बोल्न हुदैनथ्यो।

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साता एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति गल्ती भएको स्वीकार गरेका छन्।

उनले आफ्नो भावनात्मक अभिव्यक्ति भएको स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै यस्तो बताएका हुन् ।उनले आफ्नो भावनात्मक शैली रहेको र यो आफ्नो कमजोरी रहेको महसुस आफूले गरेको उनले बताए ।

दाहालले गत साता सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह दिल्लीसमेत पुगेको धारणा राखेका थिए । उक्त धारणाप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले संसद् अवरोध गरेका थिए ।अवरोध संसद् खुलाउने क्रममा प्रधानमन्त्रीले सम्बोधन गरेका हुन्। 

advertisement_1676553851.gif