सोमबार, ११ कार्तिक, २०८२

प्रधानमन्त्री दाहालले सार्वजनिक गरे आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १० पुष, २०८०

प्रधानमन्त्री दाहालले सार्वजनिक गरे आफ्नो एक बर्षे कार्यकालको प्रगति  विवरण।

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालको पहिलो वर्षको उपलक्ष्यमा सरकारले गरेका उपलब्धिहरुको विवरणसहितको  लामो  विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । 
सरकारले एक वर्षको अवधिमा २ खर्ब ९२ अर्ब ५१ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको बताइएको  छ ।प्रधानमन्त्री दाहालले सरकारले उखुको मूल्य ६ सय ३५ रुपैयाँ तोकेको, प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान र १ अर्ब ३२ करोड रुपैयाँ बक्यौता अनुदानको व्यवस्था गरेको बताए ।


 लामो समयदेखि बन्द रहेका तातोपानी–खासा, रसुवा–केरुङ, हिल्सा–पुराङ र मुस्ताङ कोरलालगायतका बन्दरगाह द्विपक्षीय व्यापारका लागि खुला गरिएको  सरकारले कालोपत्र सहित थप ७७६.६१ किलोमिटर नयाँ ट्र्याक, ५८७.५ किलोमिटर ग्राभेल सडक र १८१.२९ किलोमिटर पुल निर्माण सम्पन्न गरेको प्रधानमन्त्रीले सम्बोधनका क्रममा बताएका छन् ।


 १ लाख ६२ हजार ७२० लाभग्राहीका लागि सुरक्षित आवास निर्माणसँगै नयाँ ट्र्याक र २१९ पुल निर्माण सम्पन्न गर्ने प्रधानमन्त्रीको भनाइ छ ।
 प्रतिवेदनमा ५४१ मेगावाटले कुल २८९२ मेगावाट पुग्ने विद्युत उत्पादनमा उल्लेख्य वृद्धि भएको उल्लेख छ।उनले  विद्युतमा पहुँच भएका जनताको प्रतिशत ५ प्रतिशतले बढेर अहिले ९८ प्रतिशतमा पुगेको दाबी गरे  ।


 नेपाल विद्युत प्राधिकरणले १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली–चिसापानी जलाशययुक्त जलविद्युत आयोजनाको बृहत् अध्ययन शुरु गरेको  तथा औपचारिक क्षेत्रमा अहिले ४ लाख ६४ हजार ७२१ जनाले वैदेशिक रोजगारीमा संलग्न रहेको उनले प्रतिबेदनमा बताए।  सामाजिक सुरक्षा कोषमा ३४ योगदानकर्तासहित कुल ९ लाख ५९ हजार ५० जनाको नाम दर्ता हुनुका साथै  साथै, श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर रु. १७,३०० पुर्याएको बताइएको छ ।


सरकारले नक्कली भुटानी शरणार्थीहरूको मुद्दामा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएको  र मिटर ब्याज पीडितहरू सम्बन्धी समस्याहरू सम्बोधन गर्न तीन सदस्यीय आयोग गठन गरिएकोप्रतिबेदनमा बताइएको  छ। 


प्रधानमन्त्री दाहालको प्रतिवेदनले विगत एक वर्षमा सरकारले आर्थिक, पूर्वाधार, सामाजिक र कानुनी क्षेत्रमा हासिल गरेका बहुआयामिक उपलब्धिलाई उजागर गरेको छ । प्रधानमन्त्री दाहालले आफुले  गर्न चाहे पनि यो एक बर्षमा आफुले खासै गर्न नसकेको सम्बोधनका क्रममा  स्वीकार गरेका छन्। 

advertisement_1676551646.gif