शनिबार, ३० फाल्गुन, २०८२

रिहा भए रवि लामिछाने

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ४ पुष, २०८२

रिहा भए रवि लामिछाने

२०८२ पुष ०४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने रिहा भएका छन् । लामिछाने कुल दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन् ।

उनी सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा थुनामा थिए । उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले बिहिबार सर्तसहित उनलाई थुनामुक्त गर्न आदेश गरेको थियो ।

यसैबीच रास्वपाले सभापति लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गरेको छ । पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले शुक्रबार विज्ञप्ति जारी गर्दै विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको श्रृङ्खलालाई पूर्णविराम लगाउने विश्वास पार्टीको रहेका विज्ञप्तीमा उल्लेख छ । कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने अर्यालले जनाएका छन् ।

advertisement_1676551537.gif