शनिबार, ३० फाल्गुन, २०८२

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १ पुष, २०८२

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

२०८२ पुष ०१, काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिवबाट उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सोमबार उनले स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए ।

उनले सामाजिक संञ्जाल फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् । 

उनले भनेका छन्, ‘पार्टीको एघारौँ महाधिवेशनको आज चौथो दिन हो । राष्ट्रिय संकट, चौतर्फी घेराबन्दीको बीचमा भएको यो महाधिवेशनमा जनताले देखाएको अपार सहभागिता, जनसर्मथनप्रति रेड स्यालुट गर्दै केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन हार्दिक अपिल गर्दै, पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिवको पदको उम्मेदवारी फिर्ता गरेको छु, यसपटक पार्टीले तय गरेको खुला केन्द्रीय सदस्यमा अमूल्य मत पाउने विश्वास लिएको छु । धन्यवाद ।

advertisement_1680627680.gif