शनिबार, ३० फाल्गुन, २०८२

रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १५ मंसिर, २०८२

रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा

२०८२ मंसिर १४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौंमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् ।

रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो ।

उनीहरूबीच विभिन्न पाँच वटा बुँदामा सहमति भएको छ । वैकल्पिक राजनीति, पारदर्शिता र सुशासनको अभियानलाई थप मजबुत बनाउन एकता महत्वपूर्ण हुने उनीहरुको भनाइ छ ।  उनीहरुबीच पाँच बुँदे सहमति पनि भएको छ ।

advertisement_1676551537.gif