सोमबार, ११ कार्तिक, २०८२

राष्ट्रिय सभामा रिक्त हुने १९ सिटको भाग लगाउन सत्ता गठबन्धनलाई हम्मे हम्मे।

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २१ पुष, २०८०

राष्ट्रिय सभामा रिक्त हुने १९ सिटको भाग लगाउन  सत्ता गठबन्धनलाई हम्मे हम्मे।

काठमाडौँ । राष्ट्रिय सभामा रिक्त हुने १९ सिटको बाँडफाँट गर्न सत्ता गठबन्धनलाई हम्मे हम्मे परेको छ। आज बसेको सत्ता गठबन्धनको बैठकमा गठबन्धनमा रहेका दलहरुलाई भाग पुराउन नसकेपछि बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्तिको बैठकमा दलहरुले बढी सिट मागेपछि सबैलाई भने जति सिट दिन नसकिने भए पछि सहमति हुन सकेन  ।

बैठकमा सहभागी एक नेताका अनुसार मुख्य दलहरुले बढी दाबि गर्दा साना दल हरुलाई भाग नपुग्ने स्थिति सिर्जना भएको हो। आज बिना निस्कर्ष सकिएको बैठक फेरि भोलि बस्ने बताइएको छ। 

advertisement_1676551694.gif