सोमबार, ११ कार्तिक, २०८२

राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ११ माघ, २०८०

राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु।

काठमाडौँ। राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ। निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । २ हजार ४७ जना मतदाता रहेको राष्ट्रियसभा निर्वाचनमा सातै प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान भइरहेको छ। १९ पदका लागि ५२ जना उम्मेदवार रहेका छन् ।

प्रदेशसभाका सदस्य तथा गाउँ/नगरका प्रमुख/उपप्रमुखले मतदान गर्ने छन् । सत्तामा रहेका दलले गठबन्धन बनाएर उम्मेदवार उठाएका छन् । विपक्षी दल एमालेले कोशी प्रदेशमा राप्रपासँग तालमेल गरे पनि अन्यत्र भने एक्लै मैदानमा छ । 

राष्ट्रियसभा सदस्यको पदका लागिमतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ।

निर्वाचनमा हालः कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार ५५९ हुनेछ। 

advertisement_1760855394.gif