सोमबार, ११ कार्तिक, २०८२

राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २२ पुष, २०८०

राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित।

काठमाडौँ। निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सातवटै प्रदेशका मतदाताको सहभागिता रहनेछ । 

कोशी प्रदेशमा प्रदेशसभा सदस्यको मत  ९३ र अध्यक्ष, गाउँपालिकाका उपाध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुख गरि  २७४ जना मतदाता रहेका छन् । यसरी कोशी प्रदेशमा  कुल १० हजार १ सय ३५ मतभार  हुनेछ  ।

मधेस प्रदेशमा प्रदेश सभा सदस्य १०७ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुखका  २६७ गरी कुल ३७४ मतदाता रहेको अनुमान छ । मधेश प्रदेशमा  कुल १० हजार ७४४ मतभार कायम  हुनेछ ।

वाग्मती प्रदेशमा प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगर प्रमुख र उपप्रमुख गरि  २३७ मतदाता रहेका छन् । वाग्मती प्रदेशमा कुल १० हजार ३३३ मत मतभार  हुनेछ ।

गण्डकी प्रदेशमा प्रदेश सभा सदस्य ६० गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख गरि   १ सय ७० मतदाता रहेका छन् । गण्डकी प्रदेशसमा कुल ६ हजार ४१० मत पर्ने अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेशको मतदाता सूचीमा प्रदेशसभा सदस्य ८७ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख गरि  २१८ जनाको नाम रहेको छ । लुम्बिनी प्रदेशमा   कुल ७ हजार ७ सय ५३ मत पर्नेछ ।

कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य ४० र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख  गरि १५६ मतदाता रहेकाले कुल १९६ मतदाता रहेका छन् । कर्णाली प्रदेशमा  जम्मा ५ हजार ८४ मत हुने अनुमान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको मतदाता सूचीमा प्रदेशसभा सदस्य ५२ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुखका गरि  १७६ जना रहेका छन् । सुदूरपश्चिम प्रदेशमा  कुल ६ हजार १ सय मत पर्ने अनुमान निर्वाचन आयोगले गरेको छ । 

advertisement_1676553908.gif