शनिबार, ३० फाल्गुन, २०८२

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा तोकियो मतदान केन्द्र

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २ पुष, २०८२

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा तोकियो मतदान केन्द्र

२०८२ पुष ०२, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ । आयोगले बुधवार सात वटै प्रदेशका लागि आज मतदानस्थल तथा केन्द्र तोकेको हो ।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशका मतदाताले कोशी प्रदेश निर्वाचन कार्यालय, बिराटनगर पुगेर मतदान गर्नुपर्नेछ । मधेश प्रदेशको निर्वाचन केन्द्र महेन्द्र नारायण निधि, मिथिला संस्कृति केन्द्र, जनकपुरमा रहनेछ ।

गण्डकीका मतदाता भोट हाल्न प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनीको कर्मचारी मिलन केन्द्र घोराही, कर्णालीको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर तथा सुदूरपश्चिमका लागि प्रदेश निर्वाचन कार्यालय धनगढी मतदान केन्द्र तोकिएका छन्।

तोकिएका मतदान स्थलमा दुई-दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ। यी मतदान केन्द्र क प्रदेश सभाका सदस्यका लागि र ख गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि तोकिएका छन् । निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलले मतदान गर्ने व्यवस्था रहेको छ ।

advertisement_1680627706.gif