सोमबार, ११ कार्तिक, २०८२

राष्ट्रपति पौडेलद्धारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश जारी

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ४ माघ, २०८०

राष्ट्रपति पौडेलद्धारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश जारी

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका छन् ।सरकारको सिफारिस अनुसार राष्ट्रपति पौडेलले अध्यादेश २०८० जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्।

‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गरेको,’ राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

advertisement_1680627706.gif