सोमबार, ११ कार्तिक, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले गरे जनवादी गणतन्त्र चीनका प्रतिनिधिमण्डलसंग भेटबार्ता।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २३ कार्तिक, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गरे जनवादी गणतन्त्र चीनका  प्रतिनिधिमण्डलसंग भेटबार्ता।

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले आज रास्ट्रपति कार्यालयमा शिष्टाचार भेट गरेको छ।

भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले हालै जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट जनधनको ठूलो क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए। 

advertisement_1760855394.gif