राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ३ पुष, २०८२
२०८२ पुष ०३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको जानकारी दिए ।
न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उक्त आदेश दिएको हो।
उच्चले उनको हकमा आफ्नो दायित्व बराबरको विगो राख्न तयार भएको भनि निवेदन समेत दिएको देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने यसअघिको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो।

