शनिबार, ३० फाल्गुन, २०८२

रवि लामिछाने शुक्रबार रिहा हुने

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३ पुष, २०८२

रवि लामिछाने शुक्रबार रिहा हुने

२०८२ पुष ०३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि मात्र छुट्ने भएका छन् । नख्खु कारागार पुगेका रास्वपाका केन्द्रीय सदस्य हरि ढकालले छुट पुर्जी नभएकोले भोलि शुक्रबार मात्र रवि छुट्ने बताएका हुन् ।

जिल्ला अदालत रुपन्देहीबाट कागजात लिएपछि मात्रै उनी अदालतले तोकेको धरौटी बुझाएर रिहा हुने छन् ।

पुर्जी लिन शुक्रबार रवि रहवा पुगेपछि औपचारिक रुपमा रिहा हुनेछन् । उनलाई उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले २ करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएको छ ।

 बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्दा अदालतले विभिन्न सर्त राखेको छ ।

advertisement_1676551694.gif