शनिबार, ३० फाल्गुन, २०८२

ऋण लिएर होइन, हप्तामा एक दिन देशका लागि श्रम गरौँ : हर्क साम्पाङ

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ५ पुष, २०८२

ऋण लिएर होइन, हप्तामा एक दिन देशका लागि श्रम गरौँ : हर्क साम्पाङ

२०८२ पुष ०५, बुटवल । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले विदेशबाट ऋण ल्याएर देशको विकास हुन नसक्ने बताएका छन् । शनिबार बुटवलमा श्रम संस्कृति पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा बोल्दै संयोजक साम्पाङले ऋण लिएर देशको विकास नहुने भन्दै हप्तामा एक दिन देशका लागि श्रम गर्नु पर्ने बताएका हुन् ।

‘विदेशबाट ऋण लिएर देश बन्दैन । हप्तामा एक दिन देश को लागि श्रम गरौँ । बाँकी ६ दिन आफ्नो लागि गरौँ, अनि मात्रै देशको विकास हुन्छ,’ उनले भने । चीन जापान कोरिया श्रमबाट नै धनि बनेको बताउँदै सबैले काम गर्नु पर्ने बताए । ‘चीन, जापान, कोरिया श्रम बाट धनी बनेका  हुन् । सबैले काम गर्नु पर्छ । एक जनाको कमाईले हुँदैन । गफ होइन काम गर्ने संस्कृतिको विकास गर्नु पर्छ,’ उनले भने । 

एक जनाको कमाइले मात्र परिवार र देश चल्न गाह्रो हुने उल्लेख गर्दै उनले हरेक नागरिकलाई उत्पादन र श्रमसँग जोडिन आग्रह गरे । सम्बोधनका क्रममा उनले मुलुकको विकासमा बाधक रहेको भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नुपर्ने र देशलाई पूर्ण रूपमा भ्रष्टाचारमुक्त बनाउनुपर्ने धारणासमेत व्यक्त गरे । 

साथै संयोजक साम्पाङले चुनाव जितेर ५ वर्षमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणति भए देश छाडेर शरणार्थी हुने बताए ।  

advertisement_1676551694.gif